Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा थपिए ४ जना कोरोना संक्रमित, प्रतिबन्ध हट्ला वा बढ्ला ?

मेलबर्नमा थपिए ४ जना कोरोना संक्रमित, प्रतिबन्ध हट्ला वा बढ्ला ?


ब्रिजबेन, अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा मेलबर्नमा ३२ हजार ४ सय ६८ जनाको स्वाब परक्षिणबाट ४ जना कोरोना संक्रमितको पहिचान भएको छ । स्वास्थ्य विभागले चारजनामध्ये एकजना अन्तर्राष्ट्रिय यात्री हुन् ।

थपिएका ४ सहित भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ । अन्तर्राष्ट्रिय यात्रीमा आएको संक्रमण समूदायस्तरमा पुग्न नदिन क्वारेन्टीनको व्यवस्था गरिएकाले अहिलेको अवस्थालाई शून्य संक्रमणकै चरण भनिएको छ । सरकारी अधिकारीहरुले जनवरीको मध्यतिरबाट पछिल्लो पटक बढाइएको प्रतिबन्धहरुलाई हटाउने तयारी गरे पनि यो बिचमा भेटिने संक्रमितको संख्या र अवस्थाले यसको एकिन गर्नेछ ।

अवस्था सामान्य रहेमा भने फेरि घरमा पाहुना बोलाउन सक्ने र निजी जमघटमा ३० जनासम्म भेला हुन पाइनेछ । अहिलेजस्तो घरमा जाँदा पनि मास्क लगाउनुपर्ने बाध्यता पनि मध्य जनवरीबाट हट्ने
हट्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ