Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia“केही सातामै अष्ट्रेलियामा कोभिडविरुद्धको खोप आम प्रयोगमा” : प्रधानमन्त्री मोरिसन

“केही सातामै अष्ट्रेलियामा कोभिडविरुद्धको खोप आम प्रयोगमा” : प्रधानमन्त्री मोरिसन


ब्रिजबेन, अष्ट्रेलिया । अबको केही हप्तामै अष्ट्रेलियाभर कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले बिहिबार क्यानबेरामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै अबको केही हप्तामै अष्ट्रेलियालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने बताउनुभएको हो ।

फेब्रुअरी मध्यदेखि खोप प्रयोगको योजना बनाइएपनि ढिला नगरि जोखिम समूहका व्यक्तिलाई प्राथमिकतामा राखेर खोप दिइने प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो । भ्याक्सिन प्रयोगपूर्व विभिन्न प्रावधानहरु Therapeutic Goods Administration बाट स्विकृतको चरणमा र आपूर्तिकर्ताद्वारा खोपको डेलिभरी बारेको तयारीका क्रममा रहेको बताइएको छ । टीजीए र स्वास्थ्य अधिकारीहरु समेत छिटो भन्दाछिटो खोप आयात र प्रयोग गर्नेगरि तयारीमा जुटेको बताइएको छ । हरेक हप्ता ८० हजार जनालाई खोप लगाइने र मार्चको अन्त्यसम्ममा ४ मिलियन डोज खोप उपलब्ध हुने जनाइएको छ ।

फ्लोरिडामा एक स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाईएपनि आम प्रयोग भने अष्ट्रेलियामा सुरु भएको छैन । स्वास्थ्य विभागका सचिव ब्रान्डन मर्फीले फाइजर भ्याक्सिन पहिलो चरणमा र त्यसपछि एस्ट्राजेनेकाको खोप अनुमोदन हुने जानकारी दिनुभएको छ । पहिलो चरणमा क्वारेन्टिनमा बस्नेहरु र सीमा अधिकारीहरू, अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मीहरू र बुद्धबुद्धा, अशक्तताको हेरचाहमा खटिएका केयरगेभरलाई खोप लगाइने जनाइएको छ । यसपछि बयोबृद्ध अष्ट्रेलियाली र आदिवासी अष्ट्रेलियालीहरू प्राथमिकतामा राखिएको बताइएको छ ।

लेबर नेता एन्थोनी अल्बानीसले कोभिड–१९ विरुद्धको खोप चाँडो भन्दा चाँडो आम प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । खोपको खोज र प्रयोग सामान्य भन्दा छिटो भएजस्तै अष्ट्रेलियमा समेत उपयोगी खोपको आम प्रयोगलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री मोरिसनले दाबी गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ