Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यूसाउथवेल्समा थपिए ६ जना कोरोना संक्रमित, भिक्टोरियामा स्थानीयस्तरमा शून्य संक्रमण

न्यूसाउथवेल्समा थपिए ६ जना कोरोना संक्रमित, भिक्टोरियामा स्थानीयस्तरमा शून्य संक्रमण


ब्रिजबेन, अष्ट्रेलिया । न्यूसाउथवेल्समा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले शनिबार पहिचान भएका कोभिड १९ संक्रमितकै आफन्तजन भएको जानकारी दिनुभएको छ । संक्रमणको श्रोत र जोखिम बारे स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान जारी राखेका छन् ।

न्यूसाउथवेल्सका चिफ हेल्थ अफिसर केरी च्यान्टले पनि पछिल्लो पटक पहिचान भएका संक्रमित स्वदेश फिर्ता गरिएका संक्रमित व्यक्तिहरुलाई राखिएको कन्कर्ड अस्पतालमा जनवरी १२, १३ र १४ तारिखमा गरेका र पुगेका व्यक्तिहरु रहेको बताइएको छ । यद्यपि उनीहरुले कामको बेला सदैव मास्क लगाएको र उनीहरुका सहकर्मीहरुको परीक्षण नतिजा नेगेटिभ आएको जनाइएको छ । पछिल्लो २४ घण्टामा भने कूल १२ हजार ७ सय ६४ परीक्षण्मा ६ जनामा पोजेटिभ देखिएको छ । प्रिमियर बेरेजेक्लिनले एम्बरभिल, एपीन, क्याम्पवेलटाउन, क्यासुला, ईन्गेलबर्न र मिन्टो क्षेत्रका व्यक्तिहरुलाई परीक्षण गराउन तथा सुरक्षित रुपमा बस्न आह्वान गर्नुभएको छ ।

यता, भिक्टोरियामा स्थानीयस्तरमा शून्य कोरोना संक्रमणको सफलता हासिल भएपनि पछिल्लो पटक ७ अन्तर्राष्ट्रिय यात्रीमा कोरोना देखिएको छ । यी व्यक्तिहरु अष्ट्रेलियन ओपनका लागि चार्टड फ्लाईटमार्फत मेलबर्नमा आएका व्यक्तिहरु हुन् । उनीहरुसहित एकै प्लेनमा रहेका व्यक्तिहरुलाई आईसोलेसनमा राखिएको छ । यससँगै भिक्टोरियामा कोभिड १९ कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

भिक्टोरियामा गएको ११ दिनदेखि स्थानीयस्तरमा कोरोनाका संक्रमितहरु फेला परेका छैनन् । सोमबारदेखि भिक्टोरियाले प्रतिबन्धका प्रावधानहरुलाई केही खुकुलो बनाउने भन्दै भिक्टोरियाका प्रिमियरले नै जानकारी गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ