Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअर्को महिनाबाट कोरोनाविरुद्धको खोप लगाइने योजनामा कुनै परवर्तन आउँदैन : स्वास्थ्यमन्त्री हन्ट

अर्को महिनाबाट कोरोनाविरुद्धको खोप लगाइने योजनामा कुनै परवर्तन आउँदैन : स्वास्थ्यमन्त्री हन्ट


ब्रिजबेन, अष्ट्रेलिया । संघीय स्वास्थ्यमन्त्री ग्रेग हन्टले नर्वेमा फाईजर खोप लगाएपछि एकजनाको निधन भएको घटनाले अष्ट्रेलियाको खोप वितरण योजनामा कुनै परिवर्तन नआउने बताउनुभएको छ । अष्ट्रेलियन चिकित्सकीय सामग्री प्रशासन तथा विदेश मन्त्रालयले नर्वेमा खोपका कारण मृत्यु भएको घटनाको अनुसन्धान गरिरहेको बताएको समयमा स्वास्थ्यमन्त्री हन्टले अहिलेको अवस्थामा अष्ट्रेलियाको पूर्वयोजनामा कुनै परिवर्तन नआउने दाबी गर्नुभएको हो ।

अष्ट्रेलियाको चिकित्सकीय सामग्री प्रशासनले अनुमति दिएमा अर्को महिनाबाट खोप वितरण सुरु हुनेछ । अष्ट्रेलियाले फेव्रुवरीबाट लगाउने भनेको खोप ६२ प्रतिशतमात्र प्रभावकारी भएको भन्दै एष्ट्रेजेनिका र अक्सफोर्डको खोप वा फाईजरको खोप प्रभाकारी भन्ने भरपर्दो रुपमा एकिन गर्न भन्दै कतिपय सरोकारवालाले पुर्व निर्धारित खोप कार्यक्रममा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । कोभिड १९ को पहिलो संक्रमण देखिएको करिब एक वर्षसम्म पनि अष्ट्रेलिया उच्च जोखिम नरहनुलाई स्वास्थ्य अधिकारीहरुले सुरुवाती चरणमा अपनाइएका स्वास्थ्य सावधानीका महत्वपूर्ण कदमहरुलाई कारक मान्दै आएका छन् । संसारभर ९ करोड ५९ लाखभन्दा बढीमा कोरोना भाईरसको संक्रमण र २० लाख ४७ हजारको मृत्यु भइसक्दा अष्ट्रेलियामा ३० हजार संक्रमित र ९ सय हाराहारिको मृत्युलाई सामान्य अवस्था मानिएको छ ।

राष्ट्रिय कोभिड स्वास्थ्य र परीक्षण सल्लाहकार समितिका सहअध्यक्ष एवं डोहर्टी ईन्ष्टिच्युटका निर्देशक प्रोफेसर सारोन लुईनले यो सफलताको कारण तत्कालै चालिएका कदमहरु र परीक्षणका लागि सबैले देखाएको तत्परता मुख्य भएको भन्दै स्वास्थ्य सावधानी तथा भौतिक दुरीको पालनामा अझै ध्यान दिन आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ