Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेसबुक र गुगलले समाचार शेयर गरेबापत रकम तिर्नुपर्ने कानुन पारित

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचार शेयर गरेबापत रकम तिर्नुपर्ने कानुन पारित


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन पारित गरेको छ । केही संशोधनसहित यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट पारित भएको हो ।

यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । पछि सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिने सहमति जुटेको थियो । यही वार्ताको सहमतिका आधारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानुनमा संशोधन गरिएको छ । केही विषयमा दुवै कम्पनीहरुलाई नयाँ कानुनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ । तर दुवै कम्पनीहरुलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ ।

कति रकम दिनुपर्ने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन । यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको कानुनमा सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले समाचार सामग्रीका लागि रकम तिर्नुपर्ने भनिए पनि अझैसम्म कति रकम तिर्ने भन्ने कुरा स्पष्ट भइसकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ