Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘हल अफ फेम सिजन २’ को उपाधि ईलामका टिका मगरलाई

‘हल अफ फेम सिजन २’ को उपाधि ईलामका टिका मगरलाई


ब्रिजबेन, अष्ट्रेलिया । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई पछिपार्दै टिका मगर विजेता बनेका हुन् ।

फाइनलमा टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारबीच प्रतिस्पर्धा भएको थियो । नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि हात गर्न सफल भएका छन् । टिकामाथी सुरुदेखी नै जजको सकरात्मक कमेन्ट रहदैआएको थियो । विजेता बनेसंगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत टिकाले प्रप्त गरेका छन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशमा रहेका नेपाली प्रतिस्पर्धी छनौटमा परेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ