Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२६ वर्षीया नेपाली युवा अष्ट्रेलियामा जेल चलान, कारण यस्तो

२६ वर्षीया नेपाली युवा अष्ट्रेलियामा जेल चलान, कारण यस्तो


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा एक २६ वर्षीया नेपाली युवक जेल चलान भएका छन् । पूर्व प्रेमिकासँगको अश्लील फोटो तथा भिडियो उनको श्रीमान र परिवारलाई पठाएको तथा पोर्न साइटमा अपलोट गर्ने धम्की दिएको अभियोग पुष्टि भएसँगै अदालतको शुक्रबारको फैशलाबाट निजलाई चेल चलान गरिएको हो ।

यी युवाले बेलायतमा रहेकी आफ्नी पूर्व प्रमिकाको श्रीमान र उनको परिवारलाई विगतमा बेलायतमासँगै रहँदा सहमतिमा खिचिएका आफ्ना अश्लील फोटो तथा भिडियो पठाएको र थप शोसल मिडिया सहित पोर्न साइटमा समेत अपलोड गर्ने धम्कि दिदै आएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । केटी पक्षबाट सम्बन्धित मुलुकमा कमनवेल्थ कानुन बमोजिम उजुरी परेपछि गत वर्षको अक्टोवरमा उनी पक्राउ परेका थिए । युवकले आफु अष्ट्रेलियन नागरिक नभएको र केटी फरक मुलुकमा भएकाले प्रहरीले केहि गर्न नसक्ने भनेर धम्की समेत दिनेगरेको खुलेको छ । प्रहरीले निजको कम्प्युटर तथा मोवाइल जाँच गर्दा विगत ४ महिना देखि अश्लील सामाग्रीहरु पठाएको पाइएको थियो । संघीय प्रहरीको लामो अनुसन्धान र अदालती बयानपछि शुक्रबार मात्रै अदालतले निजलाई एक वर्ष २५ दिनको जेल सजाय सुनाएको हो ।

अष्ट्रेलियाको संघीय प्रहरीले अभियुक्तलाई व्यक्तिगत यौनजन्य दृश्य र तस्वीरहरु फैलाएको आरोपमा पक्राउ गरेर पहिलो पटक यस किसिमको घटनाको अनुसन्धान गरेको थियो । बेलायतमा रहँदा अत्यन्त निकट प्रेम सम्बन्धमा रहेका युवक गएको जुनमा दुई वर्षीय विद्यार्थी भिसामा अष्ट्रेलिया आएको र युवतीले बेलायमा अर्कैसँग बिहे गरेपछि सम्बन्धमा खटपट भएर युवतीको श्रीमानलाई फोन गर्दै पहिलेका तस्वीर र भिडियोको स्क्रिनसट पठाएको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ