Friday, 19 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaखाडीका श्रमिकको प्रशंसा, किन हुँदैछ अमेरिका, क्यानडा र अष्ट्रेलिया बस्ने नेपालीको आलोचना ?

खाडीका श्रमिकको प्रशंसा, किन हुँदैछ अमेरिका, क्यानडा र अष्ट्रेलिया बस्ने नेपालीको आलोचना ?


काठमाडौं । गाँस कटाएर खाडीमा काम गरिरहेका नेपाली श्रमिकले ५६० वटा अक्सिजन सिलिण्डर नेपाल पठाएसँगै देश विदेशबाट धन्यवाद र प्रशंसा पाएका छन् । अर्कोतिर तिनै नेपाली श्रमिकले पठाएको सिलिण्डर बाढेर नेता–मन्त्रीहरूले सामाजिक सञ्जालमा हालेको फोटोले आलोचना पाइरहेको छ । नेपालका नेता, मन्त्री र प्रधानमन्त्री यस्तो देखाउन खोज्दै छन् कि यो नेताजीहरुले नै गरेको हो ।

काम कसरी गर्ने ? त्यो हेर्नका लागि क्यानडाका प्रधानमन्त्री Justin Trudeau लाई हेरौँ, कोरोनाको खोप लगाएका आफ्ना नागरिकलाई के कस्तो छ भनेर सोधिरहेका छन्, संक्रमितसँग कुरा गरिरहेका छन् । क्यानडाको प्रधानमन्त्री जस्तै आश गर्न त पाइन्छ कि पाइन्न, त्यो पनि पर्दैन तर कम्तीमा महामारीका बेला सत्ताको लडाइँबाट बाहिर आऊ अनि कोरोनाविरुद्धको लडाइँमा लाग, बिन्ती सरकार ! यस्तो अभिव्यक्ति समेत सामाजिक सञ्जालबाट व्यक्त भैरहेका छन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको जानकारी दिनुभयो । ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनु भयो र ४\५ दिनकै पहलमा सिलिन्डर नेपाल पठाउन सफल भयौँ । राजदूत पराजुलीले बताउनुभयो ।

खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद दिनेहरु बढ्दैगर्दा क्यानडा, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरुको आलोचना गर्नेहरुपनि बढ्न थालेका छन् । सुविधासम्पन्न देशमा शानसँग बस्नेहरुले खाडीमा कार्यरत श्रमिकहरुबाट देशप्रेमको पाठ सिक्न समेत कतिपयले सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ