Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना कहरः सिड्नीमा लकडाउन

कोरोना कहरः सिड्नीमा लकडाउन


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु गरिएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा कोरोना महामारि नियन्त्रणमा लिन लकडाउन लागू गरिएको अधिकारीहरुले जानकारी दिएका हुन ।

कोरोनाभाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको बताइएको छ । अहिले घोषणा गरिएको लकडाउन यसअघिका लकडाउनभन्दा कडा गरिएको छ । लकडाउनसँगै ब्यस्त हुने शहरहरु केही शान्त देखिन थालेका छन् ।  पाँच जनाभन्दा बढी हिँड्न नपाउनेगरि निषेधाज्ञा लागू गरिएको छ । यस क्षेत्रमा बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमता कटौती गरिएको जनाइएको छ । घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ