Techie IT
Tuesday August 3, 2021  |   मङ्लबार, साउन १९, २०७८
गृहपृष्ठ » Australia » न्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह

न्यु साउथ वेल्समा थपिए ३८ संक्रमित, घर बाहिरका मानिस नभेट्न प्रिमियर बेरिजिक्लिनको आग्रह


115 Views

ब्रिजबेन । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिएको छ । तर पनि संक्रमण रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ३७० पुगेको छ ।

न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण संक्रमण बढिरहेको बताएका छन् । मानिसहरुलाई मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले आग्रह गरेपनि हेलचेक्राइ भैरहेको आँकलन गरिएको छ ।‘यो लकडाउनले काम गर्न हामी सबैले आफ्नो चहलपहल रोक्नुपर्छ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लिनले भन्नुभएको छ ।

बिहीबार न्यु साउथ वेल्समा पछिल्लो १४ महिनायताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएपछि प्रिमियर बेरिजिक्लिनले मानिसहरुलाई आफ्नो परिवारभन्दा बाहिरका मानिसलाई घरमा नै गएर भेट्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ । यस्तै कोरोनाको लक्षण देखिएका मानिसहरु समुदायमा हिँडिरहेकाले पनि संक्रमण फैलिएको आँकलनसहित थप कडाई गर्न लागिएको छ ।

क्याटेगोरी : Australia, Breaking News, Health-lifestyle



प्रतिक्रिया दिनुहोस

-Advertisement-