Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना खोपको सहज पहुँच बारे भारतीय प्रधानमन्त्री मोदी र अस्ट्रेलीयाली समकक्षी मोरिसन बीच छलफल

कोरोना खोपको सहज पहुँच बारे भारतीय प्रधानमन्त्री मोदी र अस्ट्रेलीयाली समकक्षी मोरिसन बीच छलफल


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोपमा सहज पहुँचका बिषयमा अस्ट्रेलीयाली समकक्षी स्कट मोरिसनसँग वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनसँग कोभिड १९ खोप को सहज र न्यायसंगत पहुँचको बिषयमा टेलिफोन वार्ता गरेका हुन् ।

वार्तामा दुबै देशका प्रधानमन्त्रीले विश्वमा कोराना भाइरस माहामारी बिरुद्ध खोप अति महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन् । टेलिफोन वार्तामा प्रधानमन्त्रीद्धय मोदी र मोरिसनले भारतमा जारी कोरोना भाइरसको दोस्रो लहर तथा खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिबारे छलफल गरेका छन् । भारतले सबैलाई कोभिड १९ बिरुद्ध खोप उपलब्ध हुनुपर्ने भन्दै खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिको लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेको छ । वार्ता पछि, प्रधानमन्त्री मोदीले भारतमा कोभिड १९ माहामारी बिरुद्ध सहायता गरेको भन्दै अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनलाई धन्यवाद व्याक्त गर्दै ट्विइट गरेका छन् ।

अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनले पनि भारतले विभिन्न मुलुकहरुमा खोप निर्यात गरेको उल्लेख गर्दै संकटको समयमा भारतमा अक्सिजन कन्सन्ट्रेटर तथा भेन्टिलेटरहरु उपलब्ध गर्ने ट्विइटरमा बताएका छन् । स्रोत ईण्डीया टुडे



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ