Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवर्षको अन्त्यसम्म अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा एक मात्रा खोपः प्रधानमन्त्री मोरिसन

वर्षको अन्त्यसम्म अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा एक मात्रा खोपः प्रधानमन्त्री मोरिसन


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताउनुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसविरुद्धको फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने जानकारी दिनुभएको हो ।

आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने बताइएको छ । जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता कम्तीमा पनि १० लाख खोप ल्याइने जानकारी प्रधानमन्त्री मोरिसनले दिनुभएको छ । कोरोनाविरुद्धको खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको र थप विस्तार गरिने प्रधानमन्त्री मोरिसनले दाबी गर्नुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनसँगको अन्तर्वार्ताका क्रममा समेत यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी रहेको खुलाशा गर्नुभएको छ ।

जुन महिनामा अष्ट्रेलिया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी पुरा गरेको दाबी गर्नुभएको छ । शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई प्राथमिकतासाथ अघि बढाइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ