Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaखगेन्द्र सत्यालको अध्यक्षतामा नेपाली सोसाइटी अफ तास्मानियामा नयाँ कार्यसमिति

खगेन्द्र सत्यालको अध्यक्षतामा नेपाली सोसाइटी अफ तास्मानियामा नयाँ कार्यसमिति


ब्रिजबेन,अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाले खगेन्द्र सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । निवर्तमान अध्यक्ष अविनब आचार्यको अध्यक्षतामा शनिबार तास्कानियाको होबार्टमा सम्पन्न साधारण सभाले सत्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष पदका लागि खगेन्द्र सत्याल र अरुणा पौडेलबिच भएको मतदानमा सत्याल विजयी हुनुभयो । निर्वाचन अधिकृत अर्जुन प्रसाईको रोहोवरमा अध्यक्षका लागि निर्वाचन भएको थियो । अन्य पदाधिकारीहरु भने सर्वसम्मतिले चयन भएका थिए । उपाध्यक्षका रुपमा मेघना राउत, सचिवमा बसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शेर्पा, सदस्यहरुमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा, पूर्णीमा श्रेष्ठ निर्विरोध निर्वाचित भए । यो कार्यसमितिको पदावधी एक वर्षसम्म रहनेछ ।

निर्वाचित भएसँगै अध्यक्ष सत्यालले संस्थाका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने, होबार्टमा संचालित पाठशालाको विकास गरेर स्तरिय बनाउने, नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन एवंम स्थानीय सरकारसँग आर्थिक सहयोगका लागि पहल गर्ने योजना रहेको जानकारी गराउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ