Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउच्च रेकर्ड बनाउँदै न्यु साउथ वेल्समा थपिए १७५ कोरोना संक्रमित, थप २ जनाको मृत्यु

उच्च रेकर्ड बनाउँदै न्यु साउथ वेल्समा थपिए १७५ कोरोना संक्रमित, थप २ जनाको मृत्यु


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा अहिलेसम्मकै उच्च रेकर्ड बनाउनेगरि कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट अत्यन्तै प्रभावित बनेको यो राज्यमा पछिल्लो २४ घण्टामा १७५ जना संक्रमित थपिएका हुन ।

स्वास्थ्य विभागले थपिएका संक्रमितमध्ये ६० वटा केस सामुदायिक संक्रमणको भएको जानकारी दिएको छ । बाँकी तीन जना संक्रमित राज्यमा भित्रिएकाहरु भएको बताइएको छ । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिएपछि मात्रै न्य साउथ वेल्समा १० जनाको मृत्यु भएको छ ।

न्यु साउथ वेल्सका संक्रमित मध्ये १६९ जना अस्पतालमा रहेको र बाँकी ४६ जना उच्च निगरानीमा रहेको बताइएको छ । उपचाररतमध्ये १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ