Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा ४ हप्ता थपियो लकडाउन, एकैदिन २४० जनामा कोरोना संक्रमण

न्यु साउथ वेल्समा ४ हप्ता थपियो लकडाउन, एकैदिन २४० जनामा कोरोना संक्रमण


ब्रिजबेन,अष्ट्रेलिया । न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसको संक्रमण थप तिब्र बन्न थालेको छ । स्वास्थ्य विभागका अनुसार कोरोनाबाट अत्यन्त प्रभावित न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा मात्रै २४० जनामा कोरोना संक्रमित थपिएका छन् । एउटा केस भने बाहिरको रहेको बताइएको छ ।

न्यु साउथ वेल्समा २०० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको यो नै पहिलो पटक हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट न्यु साउथ वेल्समा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ ।बुधबार ४ हप्ता लकडाउन थपिएको दिन १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अगस्ट २८ तारिखसम्म लकडाउन
सिड्नीमा जारी लकडाउन अगस्ट २८ तारिखसम्म कायमै रहने भएको छ । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि बुधबारबाट फेरि थप गरिएको हो । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरियन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश जारी गरिएको थियो । सिड्नीमा मात्रै यस वर्ष दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । संक्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने स्वास्थ्य विज्ञहरुले बताएका छन् । लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न सहरहरूमा प्रदर्शन नै गरेका थिए ।

महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ