Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaNRNA Election LIVE कुइन्सल्याण्डमा मतदान भेरिफिकेसन प्रकृयामा त्रुटी । इमेलमा आउनुपर्ने लिंक मोवाइलमा

NRNA Election LIVE कुइन्सल्याण्डमा मतदान भेरिफिकेसन प्रकृयामा त्रुटी । इमेलमा आउनुपर्ने लिंक मोवाइलमा


NRNA Election Updates LIVE
ब्रिजवेन
कुइन्सल्याण्ड राज्यमा एनआरएनए अष्ट्रेलियाको अनलाईन मतदान प्रकृयामा समस्या आएको छ । मतदान गर्न मतदाताले सदस्यता भर्दा दर्ता गरेको इमेल र मोवाइल नम्बर प्रमाणित गर्नुपर्ने नियम छ । जसका लागि निर्वाचन आयोगले मतदानको लागि लिंक, युजर नेम र पासवर्ड इमेलमा र लगइन गरिसकेपछि मोवाइलमा थप प्रमाणिकरणका लागि ४ नम्बरको कोड पठाउने व्यवस्था गरेको थियो । तर, शनिवार बिहान सवा ८ बजे कुइन्सल्याण्डका सबै मतदातालाई इमेलमा आउनुपर्ने लिंक मोवाइल एसएमएसमा आएको छ । एनआरएनए कुइन्सल्याण्डका साधारण सदस्य तथा संचारकर्मी सरल गुरुङलाई मोवाइलमा आएको मतदानको लिंक, युजर नेम र पासबर्ड यस्तो छ ।

यस्तै खालको मेसेज पाएका कुइन्सल्याण्ड राज्य समिति सचिवका उमेद्वार अरुण तिवारीले मोवाइलमै युजर नेम र पासवर्ड आएपछि मतदान प्रकृयामा धाधली हुनसक्ने संभवना रहेको भन्दै निर्वाचन आयोग कुइन्सल्याण्डलाई आपत्ति जाएको जानकारी दिनुभयो । मतदानलाई सुरक्षित र धाधली रहित बनाउनका लागि मतदाताको प्रमाणिकरण महत्वपुर्ण हुने भन्दै दुइ तहको प्रमाणिकरण प्रकृया राखिएको थियो । बिहान ७ बजे सबै सदस्यलाई इमेलमा मतदानका लागि लिंक, युजर नेम र पासवर्ड जानुपर्नेमा कुइन्सल्याण्ड, नर्दन टेरिटोरी र वेष्टर्न अष्ट्रेलियाका सदस्यहरुलाई भने इमेल गएन । त्यसको एक घण्टापछि कुइन्सल्याण्डका सदस्यहरुलाई भने मोवाइलमा लिंक, युजर नेम र पासवर्ड गयो ।
यसको गुनासो आएपछि तत्कालै अनलाईन मतदान गर्ने कम्पनी भेरो भोटिङले एक घण्टा लगाएर इमेलमा लिंक, युजरनेम र पासवर्ड पठाएको छ । भने मोवाइलमा आएको लिंक डियाक्भिेट गरिएको निर्वाचन आयोगका सह आयुक्त सिके भुसालले जानकारी दिनुभयो । तर, यसबिचमा कुइन्सल्याण्डमा १७० सदस्यले मोवाइलमा आएकै लिंक, युजरनेम र पासवर्डबाट मतदान गरिसकेका छन् । ती सदस्यहरुले हालेको मतदान के गर्ने भन्ने अहिले छलफल भइरहेको समेत भुसालले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ