Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी, यी हुन अरु विजयी उम्मेदवार(भिडियोसहित)

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी, यी हुन अरु विजयी उम्मेदवार(भिडियोसहित)


ब्रिजवेन । एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी हुनुभएको छ । ८ हजार ५८३ मतसहित गुरुङले डा. ज्ञानेन्द्र रेग्मीलाई पराजित गर्नुभएको हो । अध्यक्षका प्रतिद्धन्द्धी डा ज्ञानेन्द्र रेग्मीले ४ हजार ८७९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै महासचिव पदमा सिड्नीका अच्युत शर्मालाई पराजित गर्दै क्यानबेराका राजु बाबु अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ७ हजार ८१५ मत पाउँदा शर्माले ४हजार ५७३ मत पाउनुभएको छ । सचिव पदमा सन्ध्या शाह ८ हजार १२२ मतसहित विजयी हुँदा प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४३३ मत पाउनुभएको छ । सह कोषाध्यक्षमा ७ हजार ६८३ मतसहित राजकुमार नगरकोटी विजयी बन्दा प्रतिस्पर्धी कर्णकुमार यादव ४ हजार ३५२ मतसहित पराजित भएका छन् । कार्य समितिको युवा संयोजकमा सिड्नीका युवा अभियन्ता महेश प्रसाई (म्याक्स)लाई पराजित गवर्दै मेलवर्नका बबिन मिश्र विजयी हुनुभएको छ ।

आठ जना आइसिसी सदस्यहरुमा क्रमश बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, प्रवेशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् । कार्यकारी समितिको सदस्यमा राजु गिरी, अशोक उप्रेती, रामजी बस्नेत, दामोदर अधिकारी, बिशाल पोखरेल, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल र अनुप थापा निर्वाचित भएका छन् ।

कोषाध्यक्षको चुनावी मौदानमा रहनुभएका बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि अनिल पोखरेल यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सह–युवा संयोजकमा सिड्नीका युवा बद्री बरूवाललाई निर्वाचन समितिले प्रस्तावक समर्थकमा विवाद उत्पन्न भएर उमेदवारीवाट बञ्चित गरेपछि क्यानबेराका चन्द्र तिवारी निर्विरोध निर्वाचित हुनुभएको थियो । एनआरएएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको कोअर्डिनेटरमा एडिलेडकी मञ्जु खड्का निर्वाचित हुनुभएको छ ।

यी हुन राज्य संयोजकमा विजयीहरु :

एनआरएनए अष्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनबाट विभिन्न राज्य संयोजकहरुको छिनोफानो भएको छ । आइतबार विहान आएको मतपरिणाम अनुसार न्यु साउथवेल्सको संयोजकमा एनआरएनएका पूर्व उपाध्यक्ष समेत रहनुभएका देववहादुर गुरूङ २ हजार ९१८ मतसहित विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी प्रतिज्ञा अधिकारीले १ हजार ९१८ मत पाउनुभएको छ । न्यूसउथवेल्सका पूर्वसंयोजक समेत रहनुभएका गुरुङ पछिल्लो कार्यकालमा निकै प्रभावशाली काम गरेर आफूलाई सामाजिक क्षेत्रमा स्थापीत गरिसकेका व्यक्ति हुन । यस्तै, क्यानबेराको संयोजकमा ७५४ मतसहित अशोक बस्नेत विजयी हुँदा प्रतिद्धन्द्धी अभिशेक उप्रेतीले ३४५ मत पाउनुभएको छ ।

क्वीन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य ९३९ मतसहित विजयी हुँदा प्रतिद्धन्द्धी आशीष न्यौपानेले २४८ मत मात्रै प्राप्त गर्नुभएको छ । दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामाले ९३३ मतसहित वियज हासिल गर्दा प्रतिद्धन्द्धी सन्तोषी गौतमले ८३८ मत पाउनुभएको छ । यस्तै, तास्मेनिया संयोजकमा ६२१ मतसहित राकेश शाक्य विजयी हुँदा प्रतिद्धन्द्धी सन्देश परियारले मत पाउनुभएको छ । नर्दन टेरिटोरी संयोजकमा आशीष भुसालले ३९३ मत पाउँदा विष्णु चापागाई ६१४ मतसहित विजयी हुनुभएको छ । भिक्टोरिया राज्यको संयोजकमा हरि खड्का तथा वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

कुल मतदाता १५ हजार २ सय ९८ रहेकोमा १४ हजार १ सय ९७ मत खसेको छ । यो मत कुल सदस्य संख्या अर्थात मतदाताको ९३ प्रतिशत हो । कोरोना महामारिका कारण पहिलो पटक अनलाईन भोटिङ मार्फत चुनाव सम्पन्न भएको हो । विरोध र समर्थनबीच एनआरएन अस्ट्रेलियामा करिब १६ हजारले सदस्यता लिए पनि गिफ्ट कार्ड र पेपालको लफडाबीच १५ हजार दुई सय ९८ स्वीकृत भएका हुन्। सन् २०१९ को पछिल्लो निर्वाचनमा एनआरएन अस्ट्रेलियामा ११ हजार ६ सय ५७ सदस्य थिए।

यो हेर्नुहोस मतपरिणाम घोषणाको लाईभ भिडियो :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ