Techie IT
Sat, September 25, 2021  |   शनिबार, अशोज ९, २०७८

Grow your business

गृहपृष्ठ » Australia » अष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित

अष्ट्रेलियाका तीन राज्यमा कोरोनाको त्रास, न्यु साउथ वेल्समा एकैदिन थपिए २०२ संक्रमित


40 Views

ब्रिजबेन, अष्ट्रेलिया । कोरोना महामारिका कारण लक डाउन गरिएको न्यु साउथ वेल्स राज्यमा मंगलबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ३ बाहिरी र १९९ स्थानीय गरि २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ४ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो। गएको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भने नभएको बताइएको छ । यस्तै, क्विन्सल्याण्डमा पनि कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा क्विन्सल्याण्डमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै संक्रमितहरू स्थानीय भएको बताइएको छ । यता, आइतबार मात्रै लकडाउन थपिएको भिक्टोरिया राज्यमा मंगलबार १ बाहिरी र ४ स्थानीय गरि जम्मा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

लामो समयसम्म कोरोना महामारिलाई नियन्त्रणमा राख्न सफल अष्ट्रेलियामा पछिल्लो समय स्थानीय संक्रमणसँगै जोखिम बढेको छ । तीनवटा राज्यमा फैलिएको महामारी थप राज्यमा विस्तार नहोस भन्दै विषेश सतर्कता अपनाइएको छ ।

क्याटेगोरी : Australia, Breaking News, Health-lifestyle



प्रतिक्रिया दिनुहोस

-Advertisement-