Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको न्यु साउथ वेल्समा ३४४ र भिक्टोरियामा २० जना कोरोना संक्रमित थपिए

अष्ट्रेलियाको न्यु साउथ वेल्समा ३४४ र भिक्टोरियामा २० जना कोरोना संक्रमित थपिए


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । न्यु साउथ वेल्सको स्वास्थ्य विभागले १ लाख १९ हजार २५६ जनाको पीसीआर परीक्षणका क्रममा ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो समय संक्रमित हुने सबै जना स्थानीय रहेको बताइएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएसँगै न्यु साउथ वेल्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । सिमावर्ती राज्य भिक्टोरियामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ हजार ५७१ जनाको कोरोना परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यी दुई राज्यमा लकडाउनकै क्रममा कोरोना संक्रमणले विस्तार पाइरहेको छ । स्थानीय स्तरमा संक्रमण विस्तार भएका कारण पनि महामारि नियन्त्रण स्थानीय र राज्य सरकारका लागि चुनौती बन्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ