Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा थपिए ८३२ संक्रमित, भिक्टोरियामा ६१ संक्रमित थपिदा फेरिए प्रतिबन्धका नियम

न्यु साउथ वेल्समा थपिए ८३२ संक्रमित, भिक्टोरियामा ६१ संक्रमित थपिदा फेरिए प्रतिबन्धका नियम


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च रेकड बनाउने गरि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागले दिएको जानकारी अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ८३२ जना कोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ६१० कोरोना परीक्षण गर्दा ८२५ जना स्थानीय र ७ बाहिरी गरेर ८३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यता भिक्टोरिया राज्यमा समेत कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा गरिएको ४५ हजार ६७० परीक्षणबाट भिक्टोरियामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिक्टोरियाको प्रतिबन्धमा नयाँ नियम
नयाँ प्रतिवन्ध सेप्टेम्बर २ तारिखको मध्यरातसम्म लागु हुने बताइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि भिक्टोरियाको प्रतिबन्धमा नयाँ नियम लागु भएको छ । शनिबार दिउसो १ बजेदेखि यसभन्दा अघिका नियमहरूमा यी परिवर्तनहरु गरिएका छन् ।

शनिबारदेखि भिक्टोरियामा लागु भएका नयाँ नियमहरू
१) भिक्टोरियाबासीहरूले जम्मा ५ अवस्थामा मात्रै घर बाहिर जान पाउनेछन् । अत्यावश्यक सामान खरिद गर्न, केयर सम्बन्धित काम, दैनिक २ घण्टाका लागि व्यायाम गर्न, अनुमति भएको अवस्थामा कामका जान र कोरोना विरूद्धको खोप लगाउन मात्रै त्यहाँका मानिसहरू बाहिर निस्किन पाउनेछन् ।

२) भिक्टोरियाबासीहरू जम्मा ५ किलोमिटर वरपरसम्म मात्रै जान पाउनेछन् ।
३) बालबालिकाको हेरचाहको लागि भिक्टोरियाबासीहरू यात्रा गर्न पाउनेछन् ।
४) जुनसुकै अवस्थामा पनि मास्क लगाउन अनिवार्य गरिएको छ ।
५) मानिसहरू एक अर्काको घरमा ओहोर दोहोर गर्न पाउने छैनन् ।
६) अनुमति प्राप्त व्यक्तिहरूमा लागि काममा जान कुनै बाधा हुने छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ