Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा लकडाउनविरुद्ध प्रदर्शन, हजारौँ प्रदर्शनकारी पक्राउ

अष्ट्रेलियामा लकडाउनविरुद्ध प्रदर्शन, हजारौँ प्रदर्शनकारी पक्राउ


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । देशको मुख्य शहर सिड्नी र मेलबर्नमाप्रदर्शनका क्रममा आन्दोलनकारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

लकडाउन विरुद्धमा प्रदर्शनले तिब्रता पाउँदा प्रदर्शनकारी र प्रहरी बिच धरपकड हुँदै आएको छ । हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । यहाँ सरकारि तहमा दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त भैरहँदा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरी बीच झडपसमेत भएको छ । न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउनको आदेश जारी गरेको छ ।

महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु अनिवार्य रहेको निस्कर्षमा सरकारी अधिकारीहरु पुग्दा लामो समयदेखिको लकडाउनले व्यवसायीहरु आन्दोलित भैरहेका छन् । सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेपनि दोश्रो चरणको लकडाउन भन्दै फेरि एक महिना थपिएको छ । तर प्रदर्शनकारीहरु भने आफूहरुले खोपको दुबै मात्रा लगाएको दाबीसहित अव सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ,” भनिरहेका छन् । प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शनमा संलग्न २०० भन्दा बढीलाई त प्रहरीले शनिबार नै गिरफ्तार गरेको छ ।

सरकारी अधिकारीका अनुसार कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कफ्र्यू पनि लागु गरिएको छ । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिड्डुल गर्न पाइने छुट दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ