Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा उच्च रेकर्ड बनाउँदै थपिए १०३४ कोरोना संक्रमित

न्यु साउथ वेल्समा उच्च रेकर्ड बनाउँदै थपिए १०३४ कोरोना संक्रमित


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै १ हजार ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ५१ हजार २७२ जनाको पीसीआर परीक्षणका क्रममा १ हजार ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५ जना बाहिरी र १ हजार २९ जना स्थानीय रहेको बताइएको छ । अहिलेसम्म न्यु साउथ वेल्समा १ करोड २५ लाख ५३ हजार २५७ जनाको कोरोना परीक्षण मार्फत २१ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको भिक्टोरियामा राज्यमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी दुबै राज्यमा कोरोना संक्रमणले तिब्रता पाइरहँदा लामो समयदेखी नागरिक लकडाउनमा बस्न बाध्य भएका छन् ।

Pic : wikipedia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ