Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्स र भिक्टोरियामा बढ्दो कोरोना संक्रमण, कहिलेसम्म बन्दाबन्दी ?

न्यु साउथ वेल्स र भिक्टोरियामा बढ्दो कोरोना संक्रमण, कहिलेसम्म बन्दाबन्दी ?


अष्ट्रेलिया । न्यु साउथ वेल्समा शुक्रबार १ हजार ६ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ४७ हजार ९७५ जनाको स्वाब परीक्षणमार्फत १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

शुक्रबार थपिएका कोरोना संक्रमितमध्ये ४ जना बाहिरी र १ हजार ५९९ जना स्थानीय रहेका छन् । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ४७ लाख १ हजार ७३२ जनाको कोरोना परीक्षण गर्दा ४२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २२६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ४२ हजार ७६५ जनाको कोरोना परीक्षण गर्दा ४५० जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरियामा पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको यो नै पहिलो उच्च रेकर्ड हो ।

लकडाउन गरेर कोरोना नियन्त्रणको प्रयास गरिएका न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा संक्रमण नियन्त्रणभन्दा बाहिर छ । दिनहुँ संक्रमण घट्नुको साटो बढिरहँदा समेत नियन्त्रणको सरकारी प्रयास सफल हुन सकेको छैन । बन्दाबन्दीकै समयमा कोरोना विस्तार हुनुमा स्थानीय नागरिकको महामारीमाथीको बेवास्ता मुख्य देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ