Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविनर सर्कल मिडियाबाट नेपालका तीन जना विरामी बालबालिकालाई ९ लाख सहयोग

विनर सर्कल मिडियाबाट नेपालका तीन जना विरामी बालबालिकालाई ९ लाख सहयोग


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा सञ्चालित विनर सर्कल मिडियाले नेपालका तीन जना विरामी बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । यसअघि गम्भिर रोगबाट शिकार भएका बालक उस्मान अलिको निम्ती संकलन गरिएको रकम अलीको निधन भएसँगै सफलता रानाभाट, समान मानन्धर र क्षितिज सिंगोहंगको उपचारका लागि पठाइएको मिडियाका संस्थापक रोशन खतिवडाले जानकारी दिनुभएको हो ।

सफलता र क्षितिजलाई २\२ लाख र गम्भिर विरामी रहेका समान मानन्धरलाई ५ लाख रुपैयाँ गरी कुल ९ लाख रकम नेपाल पठाइएको छ । यसअघि गम्भिर रोगबाट शिकार भएका बालक अलीको उपचारको निम्ती संस्थाले १० लाख संकलन गर्ने लक्ष्य सहित अभियान चलाएको थियो । सहयोग संकलन अभियानकै क्रममा बालकको दुखःद निधन भएको थियो । ‘रुटिन अफ नेपाल बन्द’ पेज मार्फत सम्पर्कमा आएका बालबालिकाहरुलाई सहयोग रकम उपलब्ध गराइएको संस्थापक खतिवडाले बताउनुभयो ।

स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको विनर सर्कल मिडियाले नेपालमा रहेका गम्भिर बिरामीहरुको उपचारमा सहयोग गर्दैआएको छ । सामाजिक एवंम मानविय कामहरुलाई निरन्तरता दिइरहने संस्थापक खतिवडाले जानकारी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ