Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले डिसेम्बरबाट विद्यार्थी भित्र्याउने । नेपाली नपर्ने संभावना

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले डिसेम्बरबाट विद्यार्थी भित्र्याउने । नेपाली नपर्ने संभावना


सिड्नी/कोरोनाका कारण १८ महिनादेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना यस वर्षको अन्त्यबाट विदेशी विद्यार्थीका लागि खुल्ला गरिने संकेत देखिएको छ । अष्ट्रेलियाले दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत पुगेपछि कोटा प्रणालीमार्फत विदेशीका लागि सिमाना खोल्दै जाने नीति लिएको छ ।

हालसम्म १६ वर्षभन्दा माथिका ४९.३ प्रतिशत अष्ट्रेलियनले दुबै खोप लगाइसकेका छन् । यहाँ दैनिक ३ लाखले खोप लगाइरहेका छन् । खोप लगाउनेको संख्या बढ्दै जादा न्यु साउथ वेल्स राज्यले यसै वर्षको अन्त्य अर्थात डिसेम्बरबाट अन्तराष्ट्रिय विद्यार्थीलाई पनि भित्र्याउने रणनीति तयार गरेको छ । न्यु साउथ वेल्सका ट्रेजरर डोमेनिक पेरोटेटलाई उदृत गर्दै सिड्नी मर्निङ हेराल्डले लेखेको छ, डिसेम्बरबाट विदेशी विद्यार्थी ल्याउन राज्य सरकारले योजना तय गरिसकेको छ ।

तर, तत्काललाई नेपाल र चीनबाट भने विद्यार्थी भित्र्याउने न्यु साउथ वेल्स सरकारको योजना नरहेको पनि पत्रिकाले दाबी गरेको छ । न्यु साउथ वेल्स राज्यले अष्ट्रेलियामा मान्यता प्राप्त खोपहरु फाइजर, जोनसन एण्ड जोनसन, मोडेना र एष्ट्राजेनेका दुबै डोज लगाएका विद्यार्थीलाई मात्रै ल्याउने नीति लिएको बताइएको छ । यसको मतलब यी खोप लगाएका देशहरु सिंगापुर, थाइल्याण्ड, अमेरिका, मलेसिया, हङकङ र जापान जस्ता देशका विद्यार्थीहरु पहिलो प्राथमिकतामा पर्ने देखिन्छ ।

सिनोभ्याक र सिनोफार्म जस्ता खोप लगाएका नेपाल र चीनका विद्यार्थी तत्कालका लागि आउन नपाउने भएको हो । तर, न्यु साउथ वेल्स सरकारले नेपाल र चीनबाट समेत विद्यार्थी ल्याउनलाई विश्वविद्यालयहरुसंग योजना बनाउन छलफल गरिरहेको समेत ट्रेजरर पेरोटेटले उल्लेख गरेको समाचारमा भनिएको छ । न्यु साउथ वेल्स सरकारले भारतबाट विद्यार्थी ल्याउने योजनालाई महत्वपुर्ण रुपमा लिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ