Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले यहि डिसेम्बरबाट विदेशी विद्यार्थी भित्र्याउने पक्का । यस्तो छ मापदण्ड

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले यहि डिसेम्बरबाट विदेशी विद्यार्थी भित्र्याउने पक्का । यस्तो छ मापदण्ड


सिड्नी/१८ महिनादेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना आगामी डिसेम्बरबाट अन्तराष्ट्रिय विद्यार्थीका लागि पहिलो चरणमा खुल्ला गरिने तय भएको छ । न्यु साउथ वेल्स राज्यले पाइलट योजना रुपमा दुइ खोप लगाइसकेका अन्तराष्ट्रिय विद्यार्थीलाई आफ्नो राज्यमा भित्र्याउन लागेको हो । पहिलो चरणमा ६५० जनासम्म विद्यार्थी ल्याउन संघिय सरकारबाट स्विकृत प्राप्त भइसकेको न्यु साउथ वेल्स सरकारले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

न्यु साउथ वेल्स राज्यले आफ्नो क्षेत्रभित्रका विश्वविद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई ल्याउन लागेको हो । राज्य सरकारले विश्वविद्यालय र कलेजहरुसंग मिलेर विद्यार्थी ल्याउन लागेको हो । जसका लागि अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय, मक्योइरी विश्वविद्यालय, द युनिभर्सिटी अफ न्युक्यासल, द युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ न्यु साउथ वेल्स, युटिएस, युनिभर्सिटी अफ ओलङगङ र वेष्टर्न सिड्नी विश्वविद्यालयले राज्य सरकारको पाइलट योजनामा हस्ताक्षर गरिसकेका छन् । त्यस्तै इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट सिड्नी, क्यापलन, नेभिटास, रेडहिल र स्टडी ग्रुप जस्ता स्वतन्त्र शैक्षिक निकायहरुले पनि योजनामा हस्ताक्षर गरेका छन् ।

यस योजना अनुसार पहिलो उडान डिसेम्बरको अन्त्यतिर सिड्नीमा उत्रिने छ । राज्य सरकारका अनुसार दुबै खोप लगाएका विद्यार्थीहरुले यहाँ आएपछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । जसका लागि सिड्नीको रेडफनमा कोभिड सेभ क्वारेन्टिनको व्यवस्था गरिएको छ । रँज्यको डेपुटी प्रिमियर जोन बारलारोका अनुसार अष्ट्रेलियामा मान्यता प्राप्त खोपको दुबै मात्रा लगाएका विद्यार्थीलाई मात्रै यस योजना अन्तगर्त ल्याइने छ ।राज्यवासीको सुरक्षा पहिलो प्रथमिकता भएकाले स्वास्थ्य सुरक्षामा कुनै पनि सम्झौता नगरिने बारलारोको भनाई छ ।

अष्ट्रेलियामा एस्ट्राजेनिका, फाइजर, मडोना र जोनसन एण्ड जोनसन मात्रै खोपले अनुमति पाएको छ । यस योजनामा हस्ताक्षर गरेका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई एक्सप्रेस अफ इन्ट्रेस्ट हाल्नका लागि सम्पर्क गर्नेछन् । चाटर्ड विमानमार्फत विद्यार्थी ल्याउन लागिएको हो । विमान भाडा र क्वारेन्टिनको सबै खर्च विद्यार्थीले नै व्यहोर्नुपर्नेछ । राज्य सरकारका अनुसार ५७ हजार विद्यार्थीहरु बाहिरै अड्कीएका छन् ।

न्यु साउथ वेल्सले जारी गरेको विज्ञप्ती



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ