Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पर्यटकमाथी प्रतिबन्ध यथावत , विद्यार्थी र दक्ष आप्रवासीले प्रवेश पाउने

अष्ट्रेलियामा पर्यटकमाथी प्रतिबन्ध यथावत , विद्यार्थी र दक्ष आप्रवासीले प्रवेश पाउने


अष्ट्रेलिया, ब्रिजबेन । अष्ट्रेलियाले सन् २०२२ सम्म बाह्य पर्यटक आगमनमाथीको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार दक्ष आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने भएपनि बाह्य पर्यटकको आगमन २०२२ सम्मै रोकिने जानकारी दिनुभएको हो ।

गत हप्ता नै प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गर्नुभएको थियो । गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछि यो नै सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो। मंगलबार प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने जानकारी गराउनुभएको छ । अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको भएको छ । कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर परेको छ । यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गरेका कारण पनि जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरलाई कम गर्न अष्ट्रेलियाका विश्वविद्यालयहरूको दबाबमा सरकार परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ