Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको नेपाली दूतावासको सेवा आजबाट पुनः सुचारू

अष्ट्रेलियाको नेपाली दूतावासको सेवा आजबाट पुनः सुचारू


क्यानबेरा/ कोरोना लकडाउनका कारण रोकिएको अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासको कन्सूलर सेवा आजबाट सञ्चालनमा आएको छ ।

कन्सूलर सेवा पुनः सञ्चालनमा आएसँगै आम सेवाग्राहीले स्वयम भेटेरै कर्मचारीसंग सेवा लिन पाउने भएका हुन् । कोरोनाको जोखिम यथावत रहेको भन्दै दुतावासले अष्ट्रेलियाको स्वास्थ्य विभागले जारी गरेका विभिन्न ७ वटा जनस्वाथ्यका मापदण्डको सर्त पालना गर्न, गराउन समेत अनुरोध गरेको छ ।

स्वयम उपस्थित भएर गर्नुपर्ने अत्यावश्यक सेवा बाहेकका लागि हुलाक, फोन, इमेल मार्फत सेवा लिन समेत क्यानवेरास्थित दूतावासले सबैलाई सचेत गराएको छ ।

यस्तो छ राजदूतावासले जारी गरेको विज्ञप्तीः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ