Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयुवा पुस्ताको जीवनशैली र भविष्यको चाहना समेटिएको गीत ‘जेनेरेसन’ बजारमा

युवा पुस्ताको जीवनशैली र भविष्यको चाहना समेटिएको गीत ‘जेनेरेसन’ बजारमा


ब्रिजबेन,काठमाडौं । अस्ट्रेलियामा बसेर भिडियो प्रडक्शन, निर्देशन र कलाकारितामा सक्रिय राजु कानकि सुपुत्री हिमानीले चर्चित र्यापर बुलेट फ्लो संगको सहकार्यमा युवा पुस्ताको जीवनशैली र भविष्यको चाहना समेटिएको गीत ‘जेनेरेसन’ ल्याएकी छिन ।

हिमानीको स्वर रहेको गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ । गीतलाई विशाल पौडेलले संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना, सोनी, प्रिन्शिका र अलिशाको अभिनय देख्न सकिन्छ । सन्तोष राजबाहकले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।

विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशकको भुमिका भने सशान कंडेलले खेलेका छन् । आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । अस्ट्रेलियाको ब्रिजबेन निवासी गायिका हिमानी कान नित्यको क्षेत्रमा समेत जम्दैआएकी छिन ।

म्युजिक भिडियो तलको लिंकमा हेर्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ