Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबंगलादेशविरुद्ध अष्ट्रेलियाको शानदार जित, सेमिफाइनलको यात्र निश्चित

बंगलादेशविरुद्ध अष्ट्रेलियाको शानदार जित, सेमिफाइनलको यात्र निश्चित


काठमाडौं । बंगलादेशविरुद्ध अष्ट्रेलियाले शानदार जित निकालेको छ । ७४ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेसँगै बंगलादेश अंकबिहिन हुँदै समूहचरणबाटै बाहिरिएको छ ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित रहे । बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए । सुरुवाती ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । बंगलादेशको ब्याटिङ लाइन ध्वस्त बनाउन अष्ट्रेलियाका एडम जाम्पाले ५ विकेट लिए । जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट लिए । मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट हात पारे । ग्लेन म्याक्सवेलको नाममा एक विकेट रह्यो । समूह एकमा रहेका साउथ अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् ।

यस्तै विहिबार रातीकै अर्को खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोडेपछि श्रीलंकाले २० रनको जित हात पारेको हो । पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । श्रीलंका पनि एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ