Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaफेरि बढे भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमित, खोप अभियान भने तिब्र

फेरि बढे भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमित, खोप अभियान भने तिब्र


ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा फेरी मंगलबारको तुलनामा कोरोना संक्रमण बृद्धि भएको छ । भिक्टोरियामा पछिल्लो २४ घण्टामा ९ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य विभागका अनुससार ७२ हजार १० जनाको स्वाब परीक्षणबाट यी कोरोना संक्रमित थपिएका हुन । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २६० पुगेको छ । सोमबार ७९७ जना कोरोना संक्रमित थपिदा ८ जनाको मृत्यु भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको ८८ हजार १०४ जनाको स्वाब परीक्षणबाट २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

लामो समयसम्म बढ्दो क्रममा देखिएको कोरोना संक्रमण खोपको तिब्रतासँगै नियन्त्रणमा आउने विश्वास स्वास्थ्य विभागले गरेपनि घटबढले निरन्तरता पाइरहेको छ । यद्यपी राज्य सरकारले यी राज्यमा खोप अभियानलाई भने तिब्रता दिदै आएका छन् ।

भिक्टोरिया राज्यमा ८७ दशमलब ८ प्रतिशतले खोपको पुरा मात्रा लगाएका छन् । न्यु साउथ वेल्समा पनि १६ वर्षमाथीको कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये ९१ दशमलब ३ प्रतिशतले भ्याक्सिनको पुरा मात्र लगाइसकेका छन् । भिक्टोरियामा प्रतिदिन करिब २९ हजारलाई र न्यु साउथ वेल्समा प्रतिदिन १९ हजार बढिलाई कोरोनाबिरुद्धको खोप लगाइदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ