Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : भारतमा तीन लाख ८६ हजार बढी संक्रमित थपिदा, ३५ सयको मृत्यु

कोरोना कहर : भारतमा तीन लाख ८६ हजार बढी संक्रमित थपिदा, ३५ सयको मृत्यु


काठमाडौं, एजेन्सी । यूके भेरियन्ट र स्वदेशमै देखापरेको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै तीन लाख ८६ हजार ८ सयभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ नयाँ संक्रमित थपिएको भारतमा सोही अवधिमा ३ हजार ५ सय १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । भारतमा सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव झेज्नु परिरहेको छ । यता, भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको छ । कोरोनाको उच्च जोखिम देखिएका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७ दशमलब १८ प्रतिशत खोप प्रयोग भएको बताइएको छ ।

यस्तै, ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् । भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ । अमेरिका, फ्रान्स, रसिया, टर्की, युके, इटली, स्पेन, जर्मनी, अर्जेन्टिना, दोश्रो लहरको सामना गरिरहेका छन् । विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसक्दा ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरैले कोरोना जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ