Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसेनाद्धारा जम्मु काश्मीरमा कोरोना खोपको घरदैलो अभियान

सेनाद्धारा जम्मु काश्मीरमा कोरोना खोपको घरदैलो अभियान


जम्मु काश्मीर । भारतको जम्मु काश्मीरमा सेनाले कोभिड १९ बिरुद्ध खोपबारे घरदैलो अभियान सञ्चालन गरेको छ । भारतमा कोरोना भाइरसको माहामारी जारी रहेको बेला जम्मु काश्मीरमा कोभिड १९ बिरुद्ध खोप अभियानमा सेना सक्रिय भएको हो ।

जम्मु काश्मीरको ग्रामिण क्षेत्रहरुमा खोप लगाउन सेनाले घरदैलो कार्यक्रम गरेको छ । खोप लगाउने अभियानमा नियन्त्रण रेखा सीमा क्षेत्रको अन्तिम बस्ति केरानी गाउँमा सेना र स्वास्थ्यकर्मीको समुह पुगेका छन् । भारतीय सेनाले जम्मु काश्मीरस्थित दुर्गम क्षेत्रहरुमा खोप लगाउने अभियानमा केन्द्र शासित प्रशासनसँग सहकार्य गरेको हो । केरानी गाउँका सबै मानिसहरुले खोपको पहिलो डोज लगाएको सैन्य डाक्टर क्याप्टेन सदिक अर्मनले बताए ।

दुर्गम टाढा क्षेत्रका मानिसहरु खोप लगाउन केन्द्र शहरहरुमा आउन नसक्ने अबस्थालाई मध्यनजर गर्दै त्यस्ता क्षेत्रमा घरदैलो कार्यक्रम गरेको उनले बताए । सेनाले कोभिड १९ बिरुद्ध सुरक्षा मापदण्ड तथा खोपबारे जनचेतना अभियान पनि चलाएको छ । स्रोत बिजनेस स्टान्डर्ड



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ