Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुरक्षा खतराको आँकलन, अमेरिकाको ५० वटै राज्यहरुमा उच्च सुरक्षा सतर्कता

सुरक्षा खतराको आँकलन, अमेरिकाको ५० वटै राज्यहरुमा उच्च सुरक्षा सतर्कता


एजेन्सी । अमेरिकाभर सुरक्षा सतर्कता बढाइएको छ । आउँदो बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न भन्दै सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेको अवस्थाको लेखाजोखा गरेको सुरक्षा संयन्त्रले फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा औँल्याउँदै सैनिक परिचालन गरेर सतर्कता अपनाएको जनाइएको छ । सबै राज्यका संसद भवनअघि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सूचना आएको भन्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको बताइएको छ । राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिँदै हुनुहुन्छ भने राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा हार स्वीकार गर्नुभएको छैन ।

ट्रम्पविरुद्ध महाअभियोग समेत दर्ता भएर अमेरिकी सिनेटको तल्लो सदनबाट पारित भएको समयमा अमेरिकामा सुरक्षा खतरा बढेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ