Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचितवनमा एमालेको शक्ति प्रदर्शन, पदाधिकारी र केन्द्रिय सदस्यमा कस्ले मार्लान त बाजी !

चितवनमा एमालेको शक्ति प्रदर्शन, पदाधिकारी र केन्द्रिय सदस्यमा कस्ले मार्लान त बाजी !


चितवन । नेकपा एमालेले आज शक्ति प्रदर्शनसहित चितवनमा पार्टीको १० औँ महाधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झण्डोत्तोलन गरेर पौँने २ बजे महाधिवेशनको उद्घाटन गरेका छन् ।

उद्घाटनसँगै पाहुनाका रुपमा निमन्त्रण गरिएको प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापा लगायतले शुभकामना मन्तब्य राखे । उनीहरुले एमालेलाई देश र जनताको आकांक्षा अनुसार चल्न सुझाब दिएका थिए । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले महाधिवेशनलाई चुनाव लक्षित शक्ति प्रदर्शनका रुपमा संकेत गर्दै एमाले आगामी निर्वाचनमा पनि पहिलो शक्ति बन्ने उद्घोष गरेका थिए । एमाले अध्यक्ष ओलीले एकल बहुमतसहित सिंहदरबार छिर्ने दाबी गरेका थिए । पार्टी फुटपछिपनि एमालेप्रतिको जनलहर घटेको छैन भन्ने सन्देष दिने उत्सबका रुपमा गरिएको महाधिवेशनस्थल आउने कतिपय भने आफू किन आएको नै थाहा नभएको अनविज्ञता प्रकट गरिरहेका थिए ।

संशोधित विधानमा भएको व्यवस्थाअनुसार एमाले महाधिवेशन मार्फत विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरु प्रतिनिधित्व हुनेछन् । आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यस्तै सात प्रदेश, उपत्यका समन्वय र सम्पर्क समन्वयमा १६ महिलासहित ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १५ पदाधिकारीमा भने महिला कोटा छुट्याइएको छैन । खुला सदस्यमा ३८ महिलासहित ९८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिला सदस्य हुनेछन् । महाधिवेशनले १५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोगका पदाधिकारि समेत निर्वाचित गर्नेछ ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी भएका छन् भने चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ