Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम वर्षकै कम

नेपालमा चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम वर्षकै कम


काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम क्रमिक रुपमा घटेसँगै चिसो बढ्न थालेको छ । आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम (न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस) मापन गरिएको हो ।

मौसमविद् मन्जु बासीले शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको जानकारी दिनुभयो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्गन थालेको छ । रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्ने गरेको छ ।

देशभर चिसिदै मौसम
देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । बिहान लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने भएपनि करिब एक महिनासम्म दैनिक मौसम चिसिदै जाने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । देशका तराई क्षेत्रमा बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । अब पहाडी जिल्लामा पनि हुस्सु बढ्दै जाने मौसमविद्बाहरुले जानकारी दिएका छन् ।

आज काठमाडौंसहित देशका धेरै ठाउँको मौसममा आंशिक बद्ली देखिएको छ । यस्तै, सोमबार पश्चिमी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारि दिएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने आँकलन गरिएको छ । देशभरको मौसम थप चिसिदै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तो छ चिकित्सकको सुझाब
मौसम चिसिदा स्वास्थ्यमा विभिन्न जोखिम देखापर्नसक्ने भन्दै मौसमविद् एवंम चिकित्सकहरुले सावधानी अपनाउन सुझाब दिएका छन् । चिकित्सकहरुले शरिरको तापक्रम ब्यालेन्स गर्न न्यायो कपडा लगान, झोलिलो, मनतातो खानेकुरा खान सबैलाई आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ