Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी, पदाधिकारी र केन्द्रीय सदस्यमा कस्ले मार्लान बाजी ?

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी, पदाधिकारी र केन्द्रीय सदस्यमा कस्ले मार्लान बाजी ?


काठमाडौं । पुस्तान्तरण, रुपान्तरण र एकताको अभियानका रुपमा हेरिएको कांग्रेस महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् । दोश्रो चरणमा विजयी भएका देउवाले २ हजार ७३३ मत पाएका छन्।

अर्का प्रत्यासी डा. शेखर कोइरालाले १ हजार ८५५ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४ हजार ६२३ मत खसेकोमा ४ हजार ५८८ मत मात्रै सदर भएको थियो। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो। गत २४ गतेबाट शुरु भएको कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आज अपरान्हबाट
महाधिवेशनमार्फत निर्वाचित हुने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै शुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको र आवश्यक प्रक्रिया पुरा गरेर आज अपरान्हदेखी गणना सुरु गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । शुरूमा पदाधिकारीको मतगणाना थाल्ने बताइएको छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ