Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सरकारले दिनेभयो ३ लाख आर्थिक सहायता

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सरकारले दिनेभयो ३ लाख आर्थिक सहायता


काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको जानकारि दिएका हुन ।

आफू एसिड आक्रमणमा परेपनि पीडितको पक्षमा दबाब सिर्जना गर्दै खातुन हिंसा रोक्ने सक्रिय अभियानमा लागेकी छिन् । खातुन लगायतका पीडितहरुको दबाबमा एसिड आक्रमण सम्बन्धी कडा कानुन बनेर कार्यान्वयनमा आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ