Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalतोकियो जबरजस्ती करणी मुद्दाको पेसी, पल शाह छुट्लान कि जेलमै रहलान ?

तोकियो जबरजस्ती करणी मुद्दाको पेसी, पल शाह छुट्लान कि जेलमै रहलान ?


काठमाडौं, तनहुँ । नाबालिग बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ । नवलपुर जिल्ला अदालतमा आज र तनहुँ जिल्ला अदालतले १५ भदौका लागि पेशी तोकेको हो ।

शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले पलको मुद्धाको पेसी तोकिएको जानकारी दिनुभयो । पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ । नवलपुर अदालतमा समेत आजबाट यहि मुद्धाको सुनुवाई सुरु भएको छ । गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । यसका ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसयता शाह पुर्पक्षका लागि तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिए निवेदन अस्विकृत भएको थियो । दुवै जिल्ला अदालतमा पेशी तोकिएसँगै थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लडनेछन वा थुनामा नै रहनेछन भन्ने छिनोफानोको टुंगो एक साता भित्र लाग्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ