Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा संसदीय चुनाव, ३३ स्थानको नतिजा आउँदा यी हुन जित्नेहरु !

नेपालमा संसदीय चुनाव, ३३ स्थानको नतिजा आउँदा यी हुन जित्नेहरु !


काठमाडौं । नेपालमा संघीय संसद अन्तर्गत प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फका ११० गरेर २ सय ७५ सांसद र प्रदेश सभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकतर्फ २२० गरेर ५५० प्रदेश सांसद चयनका लागि गरिएको मतगणनाको नतिजा आउने क्रम जारी छ । यो निर्वाचनबाट ठूला दल एमाले, कांग्रेस र माओवादीले भन्दा बढी विगतमा कमजोर भएको राप्रपाले लाभ लिएको छ । यस्तै सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवी लामिछानेको केही महिना अघि गठन भएको दलले समेत पहिलो निर्वाचनमै चमत्कारिक सफलता पाएको छ । यो निर्वाचन परिणामले ठूला दलहरुलाई सुध्रिन सचेत गराइरहँदा परिणाम आएर विजयी भएका उम्मेदवारहरु यस्ता छन् ।

४२ स्थानमा अग्रता लिएको नेपाली कांग्रेसबाट विजयी उम्मेदवारहरु
– डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २५ हजार ५३४ मतसहित विजयी, स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मतसहित दोश्रो स्थानमा ।
– झापा–१ बट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मतसहित विजयी, एमालेका अग्निप्रसाद खरेल २५ हजार ३४९ मत ल्याएर पराजित
– पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा कांग्रेसका रमेश लेखक ३१ हजार १४२ मतसहित विजयी, एमालेका जालिममियाँ मन्सुरी २५ हजार ६१९ मतसहित निकटतम प्रतिद्वन्दी
– मुस्ताङमा योगेश गौचन थकाली ३ हजार ९९२ मतसहित विजयी, एमालेका प्रेमप्रसाद तुलाचन ३ हजार ७८ मत ल्याएर पराजित
– मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ५७५ मत ल्याएर विजयी, एमालेका पोल्देनछोपाङ गुरुङ २ हजार २४७ मतसहित निकटतम प्रतिद्वन्दी
– तनहुँ क्षेत्र नम्बर २ बाट कांग्रेसका शंकर भण्डारी ३० हजार ६०४ मतसहित विजयी, एमालेका किरण गुरुङ २५ हजार १३० मत ल्याएर पराजित
– ललितपुर निर्वाचन क्षेत्र १ मा उदयशमशेर जबरा २३ हजार ८९२ मतसहित विजयी, एमालेका नवराज सिलवाल १९ हजार २७८ मत ल्याए पराजित
– रसुवामा मोहन आचार्य १८ हजार २३५ मत ल्याएर विजयी, एमालेका छोवाङतेन्जिङ तामाङ ८ हजार ६१४ मतसहित पराजित
– काठमाडा निर्वाचन क्षेत्र १ बाट प्रकाशमान सिंह ७ हजार १४३ मतसहित विजयी हुँदा राप्रपाका रवीन्द्र मिश्र ७ हजार १८ मतसहित पराजित
– काठमाडौं–निर्वाचन क्षेत्र ३ बाट सन्तोष चालिसे १५ हजार १५८ मतसहित विजयी, एमालेका कृष्णबहादुर राई ११ हजार १९६ मत ल्याएर पराजित
– काठमाडौं–निर्वाचन क्षेत्र ४ बाट गगनकुमार थापा २१ हजार ३०२ मत ल्याए विजयी, एमालेका राजन भट्टराई १३ हजार ८५५ भोट ल्याएर पराजित
– काठमाडौं – निर्वाचन क्षेत्र ५ बाट प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी, एमालेका इश्वर पोखरेल १० हजार १७५ मतसहित पराजित

– काठमाडौं–निर्वाचन क्षेत्र १० बाट कांग्रेसका राजेन्द्रकुमार केसी १४ हजार ४४८ मतसहित विजयी, एमालेका हिमेश केसी ११ हजार ७८६ मत ल्याए पराजित
– ओखलढुंगामा प्रतिनिधिसभातर्फ कांग्रेसका रामहरि खतिवडा ३३ हजार ५ हय ५६ मत प्राप्त गरेर बिजयी, एमालेका यज्ञराज सुनुवार २६ हजार ७ सय ३८ मत ल्याएर पराजित

यी हुन ३८ स्थानमा अग्रता लिएको एमालेबाट प्रतिनिधि सभामा विजयी
– काठमाडौं–निर्वाचन क्षेत्र ९ बाट एमालेका कृष्णगोपाल श्रोष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९६१ म्त ल्याएर पराजित
– उदयपुर–निर्वाचन क्षेत्र २ मा एमालेका अम्वरबहादुर रायामाझी १५ हजार २५१ मतसहित विजयी हुँदा एकिकृत समाजवादीका जगन्नाथ खतिवडा १२ हजार ८९३ मत ल्याएर पराजित
– ताप्लेजुङ–निर्वाचन क्षेत्र १ बाट योगेशकुमार भट्टराई २१ हजार ९४३ मतसहित विजयी, माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री २१ ह्जार ७३५ मतसहित निकटतम प्रतिद्धन्दी
– ललितपुर–निर्वाचन क्षेत्र २ बाट एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत ल्याएर विजयी, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य ८ हजार ८८६ मत ल्याएर पराजित
– गुल्मी–निर्वाचन क्षेत्र २ बाट नेकपा एमालेका गोकर्णराज विष्ट २८ हजार ४७६ मतसहित विजयी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री २६ हजार ४४२ मत ल्याएर पराजित

१४ स्थानमा अग्रता लिइरहेको माओवादी केन्द्रका विजयी उम्मेदवारहरु
– सिन्धुली २ मा लेखनाथ दाहाल २७ हजार ५१७ मत ल्याएर विजयी, एमाले उम्मेदवार मनोज जंग थापा २१ ह्जार ६८७ मतसहित उपविजेता
– रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत ल्याएर विजयी, निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ४१ मत ।
– वाग्लुङ–निर्वाचन क्षेत्र २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल २४ हजार ७७९ मतसहित विजयी, एमाले उम्मेदवार मन्जु शर्मा २० हजार १८० मत ल्याएर पराजित ।

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरु
– काठमाडौं  २ बाट सोबिता गौतम १५ हजार २२९ मतसहित विजयी, एमालेका मणिराम फुयाल ११ हजार ५५५ मतल्याएर पराजित
– काठमाडौं ८ मा १० हजार १०५ मत ल्याएर विराजभक्त श्रेष्ठ विजयी, हाम्रो नेपाली पार्टीका सुमन सायमी ५ हजार ८८९ मतसहित निकटतम
– काठमाडौं ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी, एमाले उम्मेदवार श्यामकुमार घिमिरे ६ हजार ८ सय मतसहित पराजित
– काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मत ल्याए विजयी, एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मतसहित पराजित
यता, प्रतिनिधि सभा तर्फको सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापा एमालेका भीमप्रसाद आचार्यभन्दा अघि, चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालको अग्रता, एमाले उम्मेदवार सुरेन्द्र पाण्डे दोश्रो स्थानमा रहेर पछ्याउँदै छन् । रबि लामिछानेले चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल विरुद्ध भारी मतान्तरको अग्रता बनाइरहेका छन् । यता, ललितपुर ३ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसीमा कार्कीले एमालेका अमृत खड्का विरुद्ध भारी मतान्तरको अग्रता बनाएर जीत उन्मुख छिन् ।

आठ स्थानमा अग्रता लिएको एकिकृत समाजवादीबाट अछाम १ मा शेर बहादुर कुँवरले १९ हजार ५३४ मतसहित जितको खाता खोलेका छन् । एमालेका झपट बहादुर बोहोरा १५ हजार ४५ मत ल्याएर पराजित भएका छन् । तीन स्थानमा जीत उन्मुख अग्रता बनाएको राप्रपाबाट बाँके २ मा उम्मेदवार रहेका धवलशम्मशेर जगंबहादुर राणाले २९ हजार ५७७ मतसहित जितको खाता खोलेका छन् । यसअघि जित्दैआएका जसपाका मोहम्मद इश्तियाक राई २३ हजार ५२० मत ल्याएर उपविजेतामा सिमित बनेका छन् । चितवन ३ मा विक्रम पाण्डे, नवलपरासी २ मा धुब्र बहादुर प्रधान र जुम्लामा ज्ञानबहादुर शाहीले अग्रता लिइरहेका छन् । झापा तीनमा कांग्रेस नेता कृष्ण सिटौँलालाई राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले पछाडी पारेका छन् ।

एक स्थानमा अग्रता लिइरहेको नागरिक उन्मुक्तिबाट कैलाली ३ मा गंगा राम चौधरीले २३ हजार १२० मतसहित माओवादी केन्द्रका कृष्ण कुमार चौधरीलाई पराजित गरेर जितको खाता खोलेका छन् । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ३५ हजार ०४२
मत ल्याएर जित हात पारेका छन् । यहाँ १६ हजार ९७९ मतसहित जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । ४ स्थानमा अग्रता लिएको जसपाका प्रदिप यादवले २२ हजार ५३७ मतसहित पर्सा–१ जितको खाता खोलेका छन् । स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदी २० हजार ९१७ मत ल्याएर उपविजेता बनेका छन् । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २१ हजार ४५१ मत ल्याएर विजयी बनेका छन् । यसअघिका सांसद एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका छन् ।

बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । तीन स्थानमा अग्रता लिएको लोसपाले जितको खाता खोल्न सकेको छैन भने मत गणना भएका मध्ये ८ स्थानमा स्वतन्त्र उम्मेदवारहरु अगाडी छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ