Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका सातै प्रदेशमा कोरोना विस्तार, ३ सय ७५ संक्रमित

नेपालका सातै प्रदेशमा कोरोना विस्तार, ३ सय ७५ संक्रमित

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


पुण्यप्रसाद धमला , काठमाडौं । सोमबार एकै दिन ८० संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित थपिदा सोमबार रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ र धादिङमा एक\एक जना कोरोना संक्रमितको पहिचान भएको हो ।

दैलेखमा संक्रमित पहिचान भएसँगै कोरोनाको महामारी कर्णाली प्रदेशमा समेत देखापरेको छ । यो प्रदेशमा दैलेखको आठविसकोट नगरपालिका १ का पुरुषमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । खोटाङमा र सुनसरीमा समेत पहिलो पटक कोरोना संक्रमितको पहिचान भएको छ

सातै प्रदेशमा कोरोनाको प्रकोप
प्रदेश नम्बर एकमा ४३ संक्रमित, प्रदेश नम्बर दुईमा १ सय ३३ संक्रमित, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३ जना संक्रमित, प्रदेश नम्बर पाँचमा सबैभन्दा बढी १ सय ७१ संक्रमित, सुदुरपश्चिम प्रदेशमा ५ संक्रमित र कर्णाली प्रदेशको दैलेखमा एक व्यक्तिमा संक्रमण पुष्टी

सुनसरीका एक जना पुरुषमा संक्रमण देखिएसँगै तराईका २१ वटै जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ । ३४ जिल्लामा कोरोना संक्रमणको अवस्था यस्तो छ । बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २ २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एकएक जनामा कोरोना संक्रमण ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको अवस्था गम्भिर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएका छन् । संक्रमितको स्थायी ठेगाना र हाल बसोबास भएको ठेगानाको अन्यौलले जोखिम थप बढाउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बसोबास र स्थायी ठेगाना एकिन गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ ।

फागुन मसान्तसम्म १ जनामात्रै संक्रमित पहिचान भएको नेपालमा चैत मसान्तसम्म १२ जनामा कोरोनाको संक्रमण पहिचान भएको छ । बैशाख मसान्तसम्म संक्रमितको संख्या दिनहु बढेर २ सय १९ पुगेकोमा, जेठ पाँच गतेसम्म १ सय ५६ जना थपिएर संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । क्वारेन्टाइनबाट भाग्नेहरु बढिरहँदा उपचारका लागि आइसोलेसनमा बस्नेहरु समेत तातो पानी नपाएको, खानपानमा समस्या, सौचालय र बस्न समस्या भएको गुनासो गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ