Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News२ सय ६६ यात्रु चार्टर्ड विमानमा उडे जापान, जुन ८ मा अस्ट्रेलिया आउँदै

२ सय ६६ यात्रु चार्टर्ड विमानमा उडे जापान, जुन ८ मा अस्ट्रेलिया आउँदै


काठमाडौं । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालमा रोकिएका दुई जापानीज र २ सय ६४ जना प्रवासी नेपाली बोकेर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जपान उडेको छ । सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले व्यवस्थापन गरेको चार्टर्ड फ्लाईटले जापानको क्युसुको फुकुओकाको उडन भरेको हो ।

२ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स बिमानले पहिलो पटक जापानको फकुओकाको उडान भरेको छ । चार्टर्ड विमानमा जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएकाहरु छन् । बिमान नेपाली समय अनुसार बुधबार बिहान ८ बजे जापानमा अवतरण हुनेछ । चार्टर्ड उडानमार्फत जापान फर्किएका सबै यात्रुले समान ११ सय डलर मात्रै भाडा तिर्नुपरेको छ । यो भाडा नियमित उडानका क्रममा इकोनोमिक क्लासको उडान भर्नेहरुले तिर्ने भाडा हो ।

ट्राभल एजेन्सीले समस्यामा परेका यात्रुलाई सहयोग स्वरुप नियमित उडान बाहेकको रकम नलिएको जनाएको छ । फुकुओका पुगेका यात्रुहरुको व्वस्थापन एनआरएनए क्युसु शाखाले गर्नेछ । यस अघि पहिलो उडान २४ तारिख राती ९ बजे टोकियोका लागि भएको थियो । टोकियोमा यसअघि पनि अन्य कम्पनीले ३ उडान भरेपनि फुकुओकामा भएको उडान क्युसु क्षेत्रकै पहिलो हो । २४ तारिखको टोकियो उडान सफलतापूर्वक सम्पन्न भएसँगै फुकुओकाको उडानका लागि थप उत्साहित भएको मार्गिक ट्राभल्स एण्ड टुर्सले जनाएको छ ।

यसपछि जुन आठमा नेपाल वायुसेवा निगमको चार्टर्ड विमानले अस्ट्रेलियाको क्यानबेराको उडान भर्दैछ । नेपालस्थित अस्ट्रेलियन दूतावासले फ्लाइट बुक गरेर स्वदेश फर्किनेहरुलाई सम्पर्कमा आउन यस अघि नै आह्वान गरिसकेको छ । नेपाल एयरलाइन्सको यो उडान अस्ट्रेलियाका लागि तेश्रो हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ