Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तर्राष्ट्रिय चार्टर उडानमा प्रतिबन्ध, उड्डयन प्राधिकरण भन्छ-मनपरी भाडामा अंकुश

अन्तर्राष्ट्रिय चार्टर उडानमा प्रतिबन्ध, उड्डयन प्राधिकरण भन्छ-मनपरी भाडामा अंकुश


पुण्यप्रसाद धमला, काठमाडौ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेको भन्दै नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैलाई रोक लगाएको छ । प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजनले शनिबार साँझ सूचना जारी गर्दै ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएको हो ।

डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षरमा जारी गरिएको सूचनामा एजेन्ट र एयरलायन्स मार्फत मनपरी भाडा असुल्दै भैरहेको चार्टर उडान रोक्न भनिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि चार्टर उडानमा कडाई गर्न भन्दै शनिबार प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको ताकेतासँगै प्राधिकरणले शनिबार साँझ नै नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको छ ।

मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् गरिने चार्टर उडानका लागि मात्रै अनुमति दिइने भनिएको छ । चैतपछि मात्रै विभिन्न एजेन्ट र ट्रभल एजेन्सी मार्फत १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ