Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsम्याग्दीमा पहिरोमा बेपत्ता भएकामध्ये ९ जनाको शव भेटियो

म्याग्दीमा पहिरोमा बेपत्ता भएकामध्ये ९ जनाको शव भेटियो


काठमाडौं- पहिरोका कारण शुक्रबार एकाबिहानै बेपत्ता भएका २१ जनामध्ये ९ जनाको शव फेला परेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा पहिरो गएको थियो । पहिरोमा पुरिएकामध्ये कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको वडाअध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार पहिरोले छियाछिया पारेको सात जना वेपत्ता भएको रिख भन्ने ठाउँमा सुरक्षाकर्मीको टोली परिचालित भएको छ । त्यस्तै, मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोली लागेको थियो । यसबाहेक नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धार कार्य भएको छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसीमा बेपत्ता भएकाहरूको खोजिकार्य भएपनि बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन । तीनदिन देखी प्रहरी, आर्मी र जिल्ला प्रशासन कार्यालयको टोलि खोजिकार्यमा लागिपरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ