Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सुविधा, हट्ला त जहाज होल्डको समस्या ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सुविधा, हट्ला त जहाज होल्डको समस्या ?


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभएको छ । अगस्ट १ तारेख अर्थात शुक्रबार विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराईले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने बताउनुभएको हो ।

मन्त्री भट्टराईका अनुसार कोभिड १९ का कारण चार महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएका छन् । विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने छ । १५ सय क्षमताको प्रस्थान हल निर्माण सम्पन्न भएको, विमानस्थलमा पार्किङ स्थलहरु थ्पिदा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था केही हदसम्म कम मन्त्री भट्टराईले बताउनुभयो । विमानस्थलमा लगेज बेल्टहरु थपिएका छन् । भदौ १ सम्म समानान्तर ट्याक्सी वे निर्माण, थप २२/२३ वटा जहाज पार्किङस्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने मन्त्री भट्टराईको दाबी छ ।

विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले नेपाल आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभूति गर्न पाउने दाबी मन्त्री भट्टराईको छ । सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । विमानस्थलको अवस्था निरिक्षण गर्न पुग्नुभएका मन्त्री भट्टराईले भौतिक दूरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवश्यक तयारी पूरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ