Techie IT
Fri, December 3, 2021  |   शुक्रबार, मंसिर १७, २०७८
गृहपृष्ठ » Breaking News » नेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास

नेपालमा फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली, बढ्दै कोरोना त्रास


293 Views

काठमाडौं । सरकारले भीडभाडबाट बढ्नसक्ने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बिहिबार (आज) बाट लागू हुनेगरी जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुने बताए । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने व्यवस्था गरिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय कडाइका साथ लागू गर्ने जनाएको छ । महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले नियम अनुसार सवारी चलाउन र कसैले भनसुन नलगाउन सबैलाई आग्रह गरेका छन् ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग गरेको छलफलका क्रममा पूर्ण लकडाउन गर्नुको साटो तत्काल स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउनुपर्ने आवाज उठेको थियो । सरकारले राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा समेत प्रतिबन्ध लगाएको छ ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-