Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंक्रमण बढेसँगै केही प्रतिबन्ध सहित नयाँ नियम लागू

संक्रमण बढेसँगै केही प्रतिबन्ध सहित नयाँ नियम लागू


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सरकारले भीडभाड नियन्त्रण गरेर जोखिम कम गर्ने उद्देश्यले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ । फेरि लकडाउनको चर्चा चलिरहँदा सरकारले सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

सरकारले सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवामा जोड दिनेगरी बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न निर्देशन दिएको छ । उद्धार उडानबाट दैनिक एक हजार बढीको उद्धार भएकोमा अब ५०० मात्र ल्याइने भएको छ । अब सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र एक दिन आउन अडान अनुमति दिइनेछ ।

सीमा नाकाको अवैद्य आवागमन रोक्न भन्दै भारतबाट आउने प्रदेश विन्दुलाई १० मा झाएिको छ । गैर नेपालीहरुका लागि स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ । सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ । स्कुल तत्काल नखुल्ने निर्णय गरेको सरकारले बैठक र भेला गर्न समेत रोक लगाएको छ । सरकारले लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर बनाउने निर्णय सहित स्थान र अस्पतालको क्ष्मता अध्ययन गरी निजी तथा शिक्षण अस्पतालहरुलाई प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

अब होटल तथा रेस्टुरेन्टहरुमा ‘टेक अवे’ (किनेर घरमा लाने) सेवा मात्र दिन पाइने भएको छ । साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेल्ने निर्णय भएकोमा अब बन्द हुने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ