Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्यटकिय नगरि सौराहाका होटल फेरी बन्द, दशैअघिबाट खोलिने

पर्यटकिय नगरि सौराहाका होटल फेरी बन्द, दशैअघिबाट खोलिने


काठमाडौं चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामै बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल सरकारले होटल तथा रेस्टुरेन्ट बन्द गर्न भन्दै गरिएको निर्णयसँगै बुधबारदेखि बन्द भएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले चैत ११ गतेदेखि बन्द भएका होटल चार महिनापछि सञ्चालनमा ल्याइपनि सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द गरिएको जानकारी दिए । कर्मचारी बोलाएर सरसफाई, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै होटल बन्द गर्नुपरेपछि व्यवसायीमा निरासा छाएको छ । भट्टले भने– ‘हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च गर्यौँ, फेरि बन्द गर्नुपर्यो । रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्दा नोक्सानमाथी थप नोक्सान भयो ।’

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले आउँदो दसैँअघिदेखी होटल खोल्नुको बिकल्प नरहेको बताए । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा दुई साता खोल्दा समेत होटलमा ग्राहक नआएको उनले बताए । चितवनका होटलसँगै रेष्टुरेन्ट पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक केही भएपनि रेष्टुरामा ग्राहक नआउने गरेको व्यवसायीहरु बताउँछन् ।

क्षेत्रीय होटल सङ्घका अनुसार सौराहामा ११० होटल र साना ठूला १०० हाराहारी रेष्टुरा छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि कोरोना महामारीसँगै व्यवसाय नै बन्द अवस्थामा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ