Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब नेपालमा सबै नागरिकको कोरोना परिक्षण निःशुल्क !

अब नेपालमा सबै नागरिकको कोरोना परिक्षण निःशुल्क !


काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहिबार सरकारका नाममा यस्तो परमादेश जारी गरेको हो ।

अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र वलीले संविधानको मौलिक हकमा व्यवस्था भए बमोजिम पीसीआर परीक्षण निशुल्क गरिनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेका थिए । रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकजकुमार कर्ण, कीर्तिनाथ शर्मा पौडेल, डा. शिव यादव, सन्तोष भण्डारी र जनक साउदले बहस गरेका थिए । कोरोना संक्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निःशुल्क गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिँदै आएको छ ।

सुरुमा पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले पछि घटाएर ४ हजार ४ सय हुँदै अहिले २ हजार कायम गरेको छ । तर निजी अस्पतालले २ हजारमा परिक्षण गर्न नसकिने भन्दै सरकारको निर्णय विपरित बढी शुल्क लिएर स्वाब परिक्षण गरिरहेका छन् । Photo By Suprime court of Nepal



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ