Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबलात्कार र यौन हिंसा बिरुद्ध कालो लुगामा युवायुवतीको आन्दोलन

बलात्कार र यौन हिंसा बिरुद्ध कालो लुगामा युवायुवतीको आन्दोलन


काठमाडौं । केही समययता देशका विभिन्न ठाउँमा बलात्कार तथा यौन हिंसाका घटनाहरु बढेसँगै पीडित महिलाहरुको न्यायका लागि भन्दै युवायुवती, महिला अधिकारकर्मी लगायतले प्रदर्शन गर्दै आएका छन् । अझ, पछिल्लो समय नाबालिकाहरुलाई बलात्कार गरेका घटनाहरु बहिर आएसँगै आक्रोश र बिरोध बढेको छ ।

शनिबार काठमाडौँको माइतीघर मण्डलामा पीडितको न्यायका लागि युवायुवतीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरे । यसरी आन्दोलनमा उत्रिएका युवतीहरुले हातमा ‘नो मिन्स् नो, स्टप रेप, माइ ड्रेस डजनट् मिन्स् यश,’ लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए । युवाहरुले बाजा बजाएर उनीहरुको आन्दोलनमा साथ दिएका थिए । देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुको आवाज थियो । राष्ट्रपति जस्तो गरिमामय पदमा महिला नेतृत्व हुँदा पनि विद्यादेवी भण्डारीले महिलाको अभिभावकत्व लिन नसकेको भन्दै आन्दोलनमा उत्रिएका युवतीहरुले आक्रोश प्रकट गरेका थिए ।

सरकारले बलात्कार गर्नेलाई सजाय दिनुपर्ने र कडाभन्दा कडा कानुन बनाउनुपर्ने माग उठिरहेको छ । समाजमा महिला, बालिका असुरक्षित छन् र उनीहरुले डर त्रासमा बाच्नुपर्ने अवस्था आएको भन्ने अहिलेका विभिन्न घटना क्रमले देखाएको भन्दै आन्दोलनमा उत्रिएका युवतिहरुले सरकारले बलात्कार सम्बन्धी कडा कानून बनाउनुपर्ने माग समेत गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ